दाङ – दाङमा आज बिहान ६ बजेदेखि लकडाउन सुरु भएको छ ।
काेराेना सङ्क्रमण तीव्र गतिमा फैलिए पछि रोकथाम तथा नियन्त्रणका लागि ९ दिन लकडाउन गर्नकाे लागि घाेषणा गरिएकाे हाे ।
गएकाे १४ गते मंगलवार दाङको घोराहीमा भएको सर्वदलीय बैठकले आजदेखि २५ गते बेलुका ६ बजेसम्म जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेको थियो ।
लकडाउनको प्रभाव बिहानैदेखि देखिएको छ भने बजार, यातायात सबै सुनसान भएकाे छ ।लकडाउनकाे समयमा खाद्यान्नका पसल भने दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने भएकाे छ ।