Home > मुख्य समाचार > काठमाण्डाै उपत्यका छाड्नेलाई दुई दिनकाे समय सतर्क रहन सर्वसाधारणलाई अपिल: सीडीओ पराजुली

काठमाण्डाै उपत्यका छाड्नेलाई दुई दिनकाे समय सतर्क रहन सर्वसाधारणलाई अपिल: सीडीओ पराजुली

काठमाण्डाै १३ बैशाख – सरकारले निषेधाज्ञा गर्नुअघि काठमाण्डाै उपत्यका छाडेर घर जान चाहनेहरुका लागि दुई दिनको समय दिने जानकारी दिएको छ ।काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले कोभिड सङ्क्रमणको स्थिति गम्भीर हुदै गैरहेकोले कम्तीमा (१) एक हप्ताको लागि निषेधाज्ञा अथवा लकडाउन हुने र त्योभन्दा अगाडि दुई दिनको समय घर फर्कन चाहने लाइ समय दिइने बताउनु भएको छ ।

सोमवार काठमाण्डाै उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले कम्तीमा दुई दिनको समय दिएर एक हप्ताका लागि काठमाण्डाै उपत्यकामा निषेधाज्ञा लगाउन सरकारलाई सिफारिस गरेको हुन् । कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दा पनि सङ्क्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्णरूपमा बन्द गराउन निषेधाज्ञा लगाउने निर्णय भएको सीडीओ पराजुलीले अनलाइन खबरलाई बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *