नारायण प्रसाद एरे
वैशाख,१३ । कञ्चनपुर बैतडीको पाटन–खोड्पे सडकखण्ड हिरापुरमा जन्ती सवार जिप दुर्घटना हुँदा बेहुला–बेहुलीसहित १४ जना घाइते भएका छन् । सवार जिप दुर्घटनामा घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
कञ्चनपुरको महेन्द्रनगरदेखि जन्ती बोकेर फर्किंदै गरेको सुदूरपश्चिम प्रदेश नम्बर ०१–००१ च ३७७को जीप आज विहान ५ः४० मा दुर्घटना परेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवम् इन्सपेक्टर किशोर ऐरीले जानकारी दिए अनुसार दुर्घटनामा ११ जना सामान्य र दुई जना गम्भीर घाइते भएको बताउनु भएको छ ।
बेहुला–बेहुली पनि दुर्घटनामा घाइते भएका छन् । उनीहरुको अवस्था अहिले सामान्य रहेको छ । घाइते सबैको बैतडीको पाटन अस्पतालमा उपचार भइरहेको छ ।जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ