Home > मुख्य समाचार > २४ घण्टामा १४ जना काेराेना सङ्क्रमितको ज्यान गयो

२४ घण्टामा १४ जना काेराेना सङ्क्रमितको ज्यान गयो

काठमाण्डाै – कोभिड (१९) कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको ज्यान गएको छ । २४ घण्टामा १४ जनासहित नेपालमा कोरोना भाइरसको कारणबाट ज्यान गुमाउनेको सङ्ख्या ३१ सय ३६ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनकारी अनुसार यस्तै पछिल्लो २४ घण्टामा २६ सय १८ जनामा कोरोना भाइरस पुष्टि भएको जानकारी दिएको छ। पीसीआर ७५ सय २५ जनाको परीक्षण गर्दा २४ सय ८६ जना र ११ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३३ जना गरी २६ सय १८ जनामा कोरोना सङ्क्रमण देखा परेको हो ।

नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ९७ हजार ८७ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन सय ६८ सहित दुई लाख ७७ हजार एक सय २३ जना निको भएर घर फर्की सकेका छन् ।

अहिले नेपालमा १६ हजार आठ सय २८ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमित मध्ये दुई सय १३ जना आईसीयू र ६९ जना भेण्टिलेटरमा उपचार गराइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *