वैशाख,१० काठमाडौँ । पछिल्लो समय २४ घण्टामा थप २५५९ जनामा (कोभिड-१९)कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।
पीसीआर परीक्षणबाट ८७९८ एन्टिजेन परीक्षणबाट २४४९ र ८६६ जना गरी जम्मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्यु भएको जानकारी दिएको छ । २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएर फर्किएको छन् ।अहिले देशभर कोरोना भाइरसका १४ हजार सात सय २४ सक्रिय संक्रमित सख्या रहेका छ । अहिले कोरोना संक्रमणबाट डिस्चार्ज हुनेको संख्या २ लाख ७६ हजार ७सय ५५ छन ।
पछिल्लो २४ घण्टा काठमाडौं उपत्यकामा ९४० जना
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप मात्र ९४० जनामा (कोभिड-१९)कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७६० जना, भक्तपुरमा ७४ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन्।बाँकेमा ३५४ , रुपन्देहीमा २२१, सुर्खेतमा ९१, दाङमा ७९, मोरङमा ७४, कैलालीमा ७२, कास्कीमा ६७, पर्सामा ६२, बर्दियामा ३९, पाल्पामा ३२, धनुषामा ३१ र मकवानपुरमा ३० जना संक्रमित भेटिएका छन् ।
चितवनमा २७, काभ्रेपलाञ्चोक र कञ्चनपुरमा २२/२२, बारामा २१, नवलपरासी पश्चिममा १७, कपिलवस्तुमा १५, महोत्तरी र गुल्मीमा १४/१४, रौतहट र अर्घाखाँचीमा १३/१३ जना, नुवाकोटमा १२, सुनसरी र वाग्लुङमा ११/११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा संक्रमित भएकामध्ये ९ वर्ष मुनिका ५४ जना बालबालिका र १० देखि १९ वर्ष मुनिका १९९ जना रहेका छन् ।