सतोमी बज्राचार्य
वैशाख, ७ काठमाडौं । प्रधानमन्त्री निवासमा बालुवाटारमा मंगलबार बिहान एकातिर पूजापाठ गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडीको अयोध्याधाममा स्थापना गर्ने राम-सीताका मूर्ति हस्तान्तरण गर्नको लागि धार्मिक अनुष्ठान आयोजना गरेको थियो । मूर्ति राखिएका गाडीहरुलाई फूलमालाले सिँगारिएको छ ।
कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पर्यटन तथा संस्कृतमन्त्री भानुभक्त ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, लगायतको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नै बनाउने भनिएको राम, सीता,लक्षमण र हनुमानका मूर्ति रामनवमीको अवसर पारेर अयोध्याधाममा स्थापना गर्ने कार्यक्रम रहेको ।
पूर्णकदका ती मूर्तिहरु माडी अयोध्याधाममा बुधबार (यही वैशाख ८ गते) अनावरण गर्न लागिएको अयोध्याधाम प्रचारप्रसार समितिका संयोजक श्रीप्रसाद दवाडीले अनलाइन खबरलाई जानकारी दिनु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा रहेका ती मूर्तिहरुलाई मंगलबार प्रधानमन्त्री ओलीले स्वस्तीवाचनसहित हस्तान्तरण गर्नु भएको छ।श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएको सो धार्मिक र्याली सहित सीता-रामका मूर्तिहरुलाई आज देवघाटमा लगेर राखिनेछ । भोलिपल्ट चैत ८ गते अर्थात् रामनवमीको दिन माडीको अयोध्याधाममा लगेर अनावरण गर्ने कार्यक्रम रहेको छ। मूर्ति राखिएका गाडीहरुलाई फूलमालाले सिँगारिएको छ
मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा मूर्तिहरु अनावरण गर्न लागिएको बागमती प्रदेशका सांसद विजय सुवेदीले जानकारी दिनु भएको छ ।