वैशाख,५ काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक भोलि दिउँसो १ बजे बोलाइएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ले बताए अनुसार समसायिक राजनीतिक विषय र पार्टी संगठनबारे छलफल गर्न बैठक बोलाइएको बताउनु भएको छ।
अदालतलको फैसलाले (नेकपा) को एकता प्रक्रिया भङ्ग गर्दै माओवादी केन्द्र ब्युँताइदिएपछि प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने प्रयत्नमा लगातार लागिपरेका छन् ।
नयाँ सरकार निर्माणको समीकरण बन्न नसक्दा माओवादी केन्द्रले सरकारबाट समर्थन भने फिर्ता लिएको छैन ।