मनोज कार्की
वैशाख,३ काठमाडौं । बिहीबार राज्य व्यवस्था समितिकोको बैठकमा बोल्दै सांसद रावलले गएराति १२ बजे म बस्ने घरमा ढुंगा हानिएको बताउनु भएको हो। आफूले प्रहरी कन्ट्रोल १०० मा फोन गरेर जानकारी गराउँदा समेत कुनै कारबाही नभएको उहाले बताउनु भयो।
बानेस्वोरको ‘शान्तिनगरस्थित म बस्ने घरमा ५-१० मिनेटको फरकमा ढुंगा हानिएको थियो।मैले प्रहरीलाइ १०० कन्ट्रोलमा फोन गर्दा नि फोन उठेन। कोटेश्वरमा फोन त्यो पनि फोन उठेन,’उहाले भानु भयो,हनुमानढोकाका फोन गरेपछि मात्रै लगभग ३०/३५ मिनेटमा प्रहरी मेरो घरमा आइपुगे। अनलाइन खबर सग कुरागर्दै मेरो कुनै कसैसग रिसिइबी छैन,छानबिन गरियोस् र संलग्नलाई कडा कारबाही होस् ।’
सुरक्षा निकायले तत्काल चासो नदेखाएकोबारे सांसद रावलले गृहमन्त्री र सचिवलाइ समेत उहाले ध्यानाकर्षण गराउनु भएका छ।
नेकपा एमाले सांसद झपट रावल कैलालीबाट निर्वाचित सांसद हुनु हुन्छ । एमालेभित्रको अन्तरसंघर्षमा उनी माधव नेपालको पक्षमा हुनु हुन्छ ।सांसद रावल वर्तमान सरकारको खरो आलोचक समेत हुन्।