२ वैशाख, सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ मा पर्ने कडेनी झोरेनी सामुदायिक बनको २ लाख रकम ब्यक्तीका नाममा बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७६/०७७ को लेखा परिक्षणमा २ लाख रकम स्थानिय ब्यक्तीको नाममा बेरुजु देखिएको हो ।
उक्त बनको कुल पुजी ३ लाख ७३ हजार ३ सय ४८ दशमलव ६८ पैसा रहेकोमा २ लाख भने बेरुजु देखिएको छ । कडेनी झोरेनी सामुदायिक वन उपभोक्ता समुहको सर्बसंकलित कोष अन्तरगतको उक्त बजेट स्थानिय दत्तसिंह कार्कीको नाममा १ लाख र नबराज तथा बालकुमार कार्कीको नाममा १ लाख गरी कुल २ लाख बेरुजु समितिको गतवर्षको लेखापरिक्षण वासलातमा देखिएको हो ।
दत्तसिंह कार्कीको नाममा रहेको बेरुजु पुरानै भएपनि नबराज र बालकुमार कार्कीको नाममा रहेको बेरुजु भने तिङ्लाको वडा कार्यालय भवन उद्घाटन गर्दा खर्च भएको वनका अध्यक्ष रामकाजी कार्कीले जानकारी दिनु भएको छ। सामुदायिक वनको पैसा तत्कालको लागि कार्यक्रमा खर्च गरेपनि नगरपालिकाबाट उक्त रकम फिर्ता गरिने समझदारीमा लित कार्की, बालकुमार कार्की, नबराज कार्की लगायतले पैसा लगेको अध्यक्ष कार्कीले अनलाइन खबरलाई बताउनु भएको छ ।
यता बालकुमार कार्की भने आफूले उक्त पैसा देख्दा समेत नदेखेको बताउदै मलाई आरोप लगाएकोले मानहानिको मुद्दा गर्ने बताउनु भएको छ। उनका अनुसार पैसा ललित कार्कीले निकालेको भएपनि आफ्नो नाममा बेरुजु देखिएकोले मा आफै अचम्मित भएको छु उहाले भानु भयो यो गलत हो । कार्की भन्छन “मेरो नाममा पैसा दिएको कुनै प्रमाण भए म सजाय भोग्छु तर प्रमाण बिना चरित्र हत्या गर्न खोजिएकाले अब कानुनी उपचार तिर लाग्छु ।”
वनको तत्कालिन समितिले बिगत ३ बर्ष देखि कुनै सार्वजनिक सुनुवाई समेत नगरेको र समितिको म्याद सकिदा समेत नया समिति गठनको लागि पहल नगरेको स्थानियको आरोप छ । अहिलेको समितिको म्याद गत मंसिरमै सकिएको भएपनि आमभेला मार्फत नया समिति चयनको लागि बाटो नखोलिदिएको तिङ्लाका स्थानिय नरबहादुर कटुवालले बताउनु भएको छ । उनका अनुसार ग्रामिण बिधुतीकरणमा काटिएका रुखहरूको क्षतिपुर्ती स्वरुप आ पैसाको समेत पारदर्शिता देखिएको छैनने । त्यसैले तत्काल आमभेला मार्फत समितिका सम्पुर्ण कामकार्वाहीको जानकारी दिनुपर्ने कटुवाल च्छोरोल्पा लाइ बताउनु भएको छ ।अब आफुहरु चुपलागेर समेत नबसने कहा कहा जानु पर्न हो हामि जना तयार छौ ।
गतवर्षको लेखा परिक्षणमा बनको प्राईम बैंकमा १ लाख ६८ हजार ३ सय ४८ दशमलव ६८ पैसा र राष्ट्रिय बाणिज्य बैंकमा ५ हजार गरी कुल १ लाख ७३ हजार ३ सय ४८ दशमलव ६८ पैसा मौजदात देखिएको छ ।