काठमाडौं । बाल सचेतना केन्द्र नेपालको आयोजनामा विश्व सम्पदा सुचिमा सुचिकृत बौद्ध स्तुपा परिसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा एघार सय भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।
बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्व र नेपाल भारत मैत्री हस्पिटल, ॐ समाज डेन्टल हस्पिटल र चाईना हस्पिटल प्रा.लिको सहकार्यमा स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरमा बिरामीहरुलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो।
बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्र मान लामाले उद्घाटन गर्नुभएको शिविरको माईति नेपाकी अध्यक्ष, सिएनएन हिरो, पूर्व मन्त्री एवम् वरिष्ठ समाजसेवी अनुराधा कोइरालाले समापन गर्नुभएको थियो ।
यसैगरी, दुई दिन संचालन हुने स्वास्थ्य शिविरको पुर्व सन्ध्यामा चैत्र १९ गते काठमाडौं क्षेत्र नम्बर ३ का संघिय सांसद कृष्ण बहादुर राईको प्रमुख आतिथ्यतामा सरसफाई कार्यक्रम गरिएको तेमाल अनलाइन खबरले छापेको छ ।साभार