चैत,२१ काठमाडौं। नेपाली कांग्रेस दोलखाको विपद व्यवस्थापन समितिले सनिवार काठमाडौंमा आयोजना गरेको नयाँ वर्ष २०७८ सालको शुभकामना तथा चियापान भेटघाट कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ।
विपद व्यवस्थापन समितिले आगमि दिनमा विपदमा परेकालाई सहयोग निरन्तरता प्रदान गर्न यसअघि सहयोग गरियका ब्यक्तीको नाम सार्वजनिक गर्दै आगमी दिनमा विपदमा पर्न सक्ने जोखिमको लागिगरिने विषयमा सवै संगअपिल गरेको समितिका अध्यक्ष उध्योगपति बरिस्ठ समाजसेवी प्रभुराम श्रेष्ठले जानकारी दिनु भयो ।
आउदै गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदान प्रदान गर्दै नेपाली कांग्रेसका पुर्व उपसभापति एवम् पुर्व उपप्रधानमन्त्री संगठन विभागका सम्योजक गोपालमान श्रेष्ठले उक्त कार्यक्रमलाइ सम्वोधन गर्दै समितिले गरेको कामको खुलेर प्रशंसा गर्दै बधाई तथा शुभकामना दिनु भएको छ ।
आयोजित कार्यक्रममा पुर्व केन्द्रिय सदस्य माननीय जिपछिरिग लामा र दिव्यमणी राजभन्डारी,प्रदेश सांसद दीपेन्द्र श्रेष्ठले,कांग्रेस दोलखा पार्टी सभापति रुद्र बहादुर खड्का लगायतका नेताले आफ्नो मन्तव्य राखनु भएको थियो। उध्योगी व्यवसायी मुकेश मित्तलले पाँच लाख आर्थिक सहयोग गर्नु भएको छ ।
काठ्मान्डौ उपत्यकामा बसोवास गर्ने नेपाली कांग्रेस संग आवद्ध रहेर विभिन्न तहमा विशिष्ट योगदान गर्ने ६५ वर्ष नाघेका जेष्ठ ब्यक्तित्वहरुलाई नेपाली कांग्रेस केन्द्रवाट मनोनित जेष्ठ राजनीतिज्ञ सभाका सदस्यको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। आजै पार्टी कार्यलयको लागि जग्गा खरिद नेताहरुको सालिक राख्न र कार्यलयको भौतिक संरचना निर्माण गर्न आर्थिक सहयोग गर्नेलाई समेत प्रसंशपत्र प्रदान गरेको नेपाली कांग्रेस दोलखा पार्टी सभापति रुद्र बहादुर खड्काले च्छोरोल्पा अनलाइन खबरलाइ जानकारी दिनु भएको छ ।
भिडियो हेर्नुहोस्