Home > मुख्य समाचार > कैलालीमा नक्कली प्रहरी बनेर पैसा उठाउने २ जना पक्राउ

कैलालीमा नक्कली प्रहरी बनेर पैसा उठाउने २ जना पक्राउ

चैत्र २० कैलालीमा नक्कली प्रहरी बनेर पैसा उठाउने दुइ जना लाइ प्रहरीले पक्राउ गरेको छ । आफुलाइ प्रहरी भन्दै जिल्लाको धनगढी उपमहानगरपालिका–८ का व्यापारीलाई पैसा माग गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ५ बस्ने २३ वर्षीय वीरेन्द्र सिंह र वडान २ बस्ने २५ वर्षीय पारस मल्ल रहेका छन्

आफूहरू सादा पोसाकमा खटिएको र प्रहरी हुँ भन्दै कैलालीका विभिन्न स्थानबाट पैसा माग गर्ने गरेको भन्ने सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई स्थानीय व्यापारीबाट नगद ५ हजार माग गरिरहेको अवस्थामा नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *