Home > मुख्य समाचार > राष्ट्रपति विद्यादेवी भण्डारीबाट मेलम्चीको पानी वितरणको औपचारिक उदघाटन गर्दै

राष्ट्रपति विद्यादेवी भण्डारीबाट मेलम्चीको पानी वितरणको औपचारिक उदघाटन गर्दै

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीबाट मेलम्चीबाट ल्याइएको खानेपानीको सार्वजनिक धारा खोलेर ‘मेलम्ची खानेपानी’ विधिवत् उद्घाटन आज शुक्रबार हुने भएको छ । यही चैत २० गते सर्वसाधारणका लागि भृकुटीमण्डप भित्र राखिएको नयाँ धाराको टुटी खोलेर राष्ट्रपति भण्डारीबाट औपचारिक रुपमा मेलम्ची खानेपानीको उद्घाटन गरिने स्रोतले बताएको छ ।

‘मेलम्ची खानेपानी’ उद्घाटनका लागि खानेपानी मन्त्रालय, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र सम्बद्ध निकायहरुले तयारी तीव्र पारेका छन् । मेलम्ची खोलाबाट सुन्दरीजल आएको मेलम्चीको पानी सुन्दरीजलबाट सिधै अनामनगरस्थित ओभर ट्यांकीमा मिसाइएको छ । अनामनगरको पानी भृकुटीमण्डप लगेर धारा उद्घाटन गर्न लागिएको स्रोतले जानकारी दिएको छ ।

गत फागुन ११ गते मेलम्चीको साढे २६ किलोमिटर सुरुङमा पानी भर्न थालिएको थियो । खानेपानी मन्त्री मणि थापाले सिन्धुपाल्चोकको अम्बाथानस्थित आयोजनाको मुहान पुगेर सुरुङभित्र पानी हुल्ने कार्यको सुरुवात गरेका थिए ।

सुरुङमा भरिएको फोहोर पानीलाई गत फागुन २२ गते बागमती नदीमा मिसाइएको थियो । प्रधानमन्त्री केपी ओलीले मेलम्चीको पानी बागमतीमा मिसाउने कार्यको शुभारम्भ गरेका थिए । खानेपानी मन्त्रालयले यही चैत १५ गते मेलम्चीको पानी उपत्यकामा वितरण गरिने जानकारी दिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *