चैत,१८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ चैतभित्र संसदबाट विश्वासको मत लिनुपर्ने दाबी नेकपा माओवादी केन्द्रले गरेको छ । विश्वासको मत नलिए सरकारको वैधानिकतामाथि नै प्रश्न उठ्ने माओवादी देव गुरुङले बताउनु भएको छ ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्नु हुदै माओवादी प्रमुख सचेतक देव गुरुङले सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुनमा वर्तमान सरकारलाई ७६(१) अनुसार भने पनि २३ फागुनको फैसलाले ७६ (२) आकर्षित भएको बताउनु भएको छ । सर्वोच्चको फैसलाको कारण दल विभाजन भएको छ। दल विभाजन भएको अवस्थामा संविधानको धारा १०० (२) आकर्षित हुनेछ उहाले बताउनु भयो ।
धारा १०० को उपधारा २ मा सत्तारुढ दल विभाजित भएमा वा सरकारमा भएको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लि सक्नु पर्ने व्यवस्था छ ।
देव गुरुङले भने, ‘आज १८ गते भइसक्यो । २३ गते ३० दिन पुग्दैछ । ३० दिनभित्र विश्वासको मत लियो भने वैधानिकता हासिल हुनसक्छ। अन्यथा सरकारको संवैधानिक हैसियत के हुने हो भन्ने प्रश्न उठ्ने देखिन्छ उहाले बताउनु भएको छ ।