अर्जुन राज गिरी
चैत १७ बागलुङ -जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर १०मा होली पर्वको अवसरमा लागेको मेलामा झगडा हुँदा मारिएका दुई जना कार्यकर्ता आफूहरूको पार्टीका नेता भएको नेपाली कांग्रेसले बताएको छ।
दुई पक्ष समूहबीच झडप हुँदा कांग्रेस जिल्ला कार्यसमिति बागलुङका सदस्य प्रकाश कुँवर र सक्रिय कार्यकर्ता दीपक परियारको मृत्यु भएको थियो।
बागलुङ जिल्ला सभापति दिपेन्द्रबहादुर थापाले सोमबार थि कडा विज्ञप्ति निकालेर घटनाका दोषीमाभन्दा कडा कारवाही गर्न माग गर्नु भएको छ ।
उक्त घटनाकमा घाइते ज्ञानु दमाइलगायतलाइ उपचार व्यवस्था मिलाउन सरकारसँग उहाले माग गर्नु भएको छ ।
सुनियोजित योजनावद्ध तरिकाले हमला गरी हत्या गरिएको भन्दै कांग्रेसले उक्त घटना गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ।