काठमाडौं १५ चैत्र – दाङमा सिकार खेल्न गएको समयमा आफ्नै साथीले चलाएको बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १३ कलमघारी वनमा बँदेल मार्न भन्दै गएका सोही ठाउँका टेकबहादुर गुरुङको साथीले चलाएको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नावय उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो।
‘गएराती ३ जना बँदेलको सिकार खेल्न गएको समयमा बँदेल भनेर गोली चलाउदा साथीलाई लागेको हुन सक्ने उहाँले बताउनुभयो। उक्त घटनामा संलग्न भएको अभियोगमा २ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक रिजालले बताउनुभयो । अहिले घटना स्थलमा प्रहरी पुगिसकेको छ ।
घटना शुक्रबार राति भएको थियो घटना स्थलमा प्रहरी पुगिसकेको छ भने उक्त विषयमा थप जानकारी आउन बाँकी रहेको छ।