काठमाण्डौ – इजिप्टको सोहाग प्रान्त टहटा शहर नजिकै हिजो सुक्रबार रेल दुर्घटनामा हुदा ३२ जनाको ज्यान गएको छ ।
टहटा शहर नजिकै यात्रु बोकेकको दुई रेल एक आपसमा ठोक्किँदा ३२ जनाको ज्यान गएको छ भने एक सय ६५ जना घाइते भएको बीबीसीले जनाएको छ ।
दुर्घटना भएको ठाउँ इजिप्टको राजधानी कायरोबाट तीन सय ६५ किलोमिटर दक्षिणमा रहेको छ । रेलमार्गमा अज्ञात व्यक्ति आएको देखेपछि अचानक ब्रेक लाग्दा रेल दुर्घटना हुन पुगेको रेल विभागका अधिकारीहरुले बताएका छन् । दुर्घटना क्षेत्रमा घाइतेहरुलाई अस्पतालसम्म पुर्याउनको लागि ७० भन्दा बढी एम्बुलेन्स पठाएको छ ।