काठमाण्डाै – आज काठमाण्डौ उपत्यकामा हावाको प्रदूषण मापन सूचक (एक्यूआई) दुई सयभन्दा माथि जानु स्वास्थ्यका लागि घातक मानिनेमा अहिले काठमाण्डौ भक्तपुर, कीर्तिपुर, भैँसेपाटीलगायतका ठाउँमा भएका प्रदूषण मापन केन्द्रहरूले एक्यूआई दुई सयभन्दा बढी मापन देखाएको छ ।
काठमाण्डौ उपत्यकासहित आज देशका धेरै जसो ठाउँमा हावाको प्रदूषण बढदै गएको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले जानकारी दिनुभएको छ । आज सिमराको एक्यूआई दुई सय ६० पुगेको छ भने । प्रि–मनसुनको समयमा औसतभन्दा निकै कम पानी पर्नु र डढेलो,औद्योगिक गतिविधिका वायु प्रदूषण कारण झनै बढेको प्रवक्ता जोशीले बताउनु भएको छ।
प्रवक्ता जोशीको अनुसार केही दिनयता काठमाण्डाै, भक्तपुर, ललितपुर ,विराटनगर, सिमरासहित हेटौँडा, जनकपुर, धनगढीलगायतका ठाउँमा हावाको प्रदूषण झनै बढेको छ ।
शुक्रवार उपत्यकामा बाक्लो तुवाँलो पनि देखिएकोले समस्या थपिएको भन्दै जोशीले सकभर घरबाट बाहिर ननिस्कन आग्रह गर्नुभएको छ । (भोली) शनिवार र आइतवार (पर्सी) सार्वजनिक बिदा रहेकाले वायु प्रदूषण केही घट्ने अपेक्षा गरेको बताउनु भएको छ। वायु प्रदूषण पर्सीसम्म नघटेमा वायु प्रदूषणबारेको चेतावनी सहित विज्ञप्ति निकाल्ने बताउनुभयो ।