चैत, १३ काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले डिल्लीबजार कारागार पुगेर निलम्बित सांसद रेशम चौधरीलाई भेट गर्नु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)को समर्थन जुटाउने प्रयास गरिरहेका बेला सांसद महेश बस्नेतले जसपा पार्टीका निलम्बित सांसद रेशम चौधरीलाई भेट गर्नु भएको हो । ज्यान मुद्दामा सजाय भोगिरहेका निलम्बित सांसद रेशम चौधरीलाई बस्नेतले रिहाइका लागि सरकार सकारात्मक रहेको सन्देश सन्देस समेत दिएको स्रोतको दाबी गरेको छ ।
जसपाले पनि सरकारलाई समर्थनका लागि रेशम चौधरीलगायतका मधेस–थरुहट आन्दोलनका बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनलाई शर्तका रुपमा अघि सारेको छन । यसबारे एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरले गठन गरेको कार्यदलले सम्वाद गरिरहेको छ ।