Home > मुख्य समाचार > निर्देशन विपरीत गरिएको नेपाल समूहको राष्ट्रिय भेलालाई गम्भीरतापूर्वक लिएका छौं : ईश्वर पोखरेल

निर्देशन विपरीत गरिएको नेपाल समूहको राष्ट्रिय भेलालाई गम्भीरतापूर्वक लिएका छौं : ईश्वर पोखरेल

मनोज जंग कार्की

चैत,५ काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले पार्टीको निर्देशन विपरीत गरिएको राष्ट्रिय भेला गम्भीरतापूर्वक लिएको बताउनु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गुट विशेषको सभा समेलन गर्न नगराउन र भेलामा सहभागी नहुन दिनु भएको निर्देशन विपरीत बुधबार माधव नेपाल समुहको भेलामा कार्यकर्ता सहभागी देखे पछि महासचिव ईश्वर पोख्रेललेले यस्तो प्रतिक्रिया दिनु भएको हो ।
महासचिव ईश्वर पोख्रेलले बुधबार साँझ न्युज एजेन्सी नेपालसंग कुराकानी गर्दै पार्टी अध्यक्ष र महासचिवको निर्देशन विपरीत भएका भेलालाई पार्टीले गम्भीरताका साथ लिने बताउनु भएको छ ।

पार्टी अध्यक्षले धुम्बाराहीमा नेताहरुलाई बोलाएर भेला नगर्न र छलफल गर्नुपर्ने कुराहरुलाई ७ गतेको बैठकमा राख्न अनुरोध गर्नुको साथै चियापानमा सहभागी हुन गरेको आग्रहलाई नमानेर माधव नेपाल समूहले राम्रो नगरेको प्रतिक्रिया समेत दिनुभएको छ ।
निर्देशन विपरीत आज भोलि आयोजना भएको कार्यक्रमको बारेमा गम्भीरताका साथमा नोट गरिन्छ’ पोखरेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *