सुनिता खडका
चैत ३ ललितपुर – देशमा विकराल समस्याको रुपमा विधेमान गरिबि निवारण गर्ने उद्देश्यले नेपाल सरकारले गरिबसँग विश्वेश्वर कार्यक्रम संचालन गरी विपन्न जनताको आर्थिक सामाजिक स्तरलाई माथि उठाउने उधेश्य राखी विविध क्षेत्रलाई लक्षित पार्दै कोन्ज्योसम गा. पा. वडा नं. १ मा “मकैको विउ वितरण कार्यक्रम”कार्यक्रमहरु तर्जुमागरी सञ्चालन गरिएको छ ।
विपन्न परिवारहरुलाई लक्षित गरी गरीबसंग विश्र्वेश्र्वर कार्यक्रम २०५६ साल देखी मुलुकका सबै निर्वाचन क्षेत्रमा संचालन हुदै आएको छ। यस कार्यक्रमका माध्यमबाट गरिवहरुलाई आर्थिक, सामाजिक एवं स्रोत साधन र सुविधाहरुमा पहुँच बढाउनु आवश्यक रहेकोले गरिवहरुको आत्मविश्र्वास बढ्नुका साथै उनीहरुलाई मुलप्रवाहमा संलग्न हुन सक्ने अवसर प्रदान गर्दछ।
गरिवसंग विश्र्वेश्र्वर कार्यक्रम लागु भएका जिल्ला मध्य ललितपुर जिल्लाको वागमती गाउँपालिका र कोन्ज्योसम गाउँपालिकाको ६ वटा वडाहरुमा वि. सं. २०७३ साल वैशाख देखि संचालन भैरहेको छ। गरिवसंग विश्र्वेश्र्वर कार्यक्रम आर्थिक रुपले अति विपन्न परिवार समाजको विकास प्रक्रियामा संलग्न हुने अवसर श्रृजना गर्न खोजेको हो।
यसै कार्यक्रम अन्तर्गत २०७७/१२/०२ गते सोमबारका दिन कोन्ज्योसम गा.पा वडा नं १ चौघरेमा गाउँपालिका प्रमुख श्री.गोपी स्याङतान तामाङ ज्युको उपस्थितिमा, कोन्ज्योम्सन गा.पा वडा नं १ की सामाजिक परिचालिका मीनु घिमिरे ज्युको समन्वयमा मकैको बिउ बितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
त्यस बडाका सबै विपन्न वर्गका परिवारहरु यसबाट लाबान्बित भयका छन्। ल.पु.मा.न.पा वडा नं २७ का ललितपुर जिल्ला समन्वयकर्ता श्री आवाज महर्जन ज्यू ले भन्नु भयो। “गरिबि निवारण लाइ पहिलो प्राथमिकता दिएमा राष्ट्रको सबै भन्दा ठुलो समस्या को समाधान हुने बताउदै कृषिप्रदान मुलुक भयको देशमा गरिबि निवारण पनि कृषि बाटै हुने बताउनु भएको ।