फाल्गुन २८ गते (शुक्रबार) जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार आजको मौसम
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो : सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशमा, बागमती प्रदेश र प्रदेश नं १का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।
राती : देशभरी आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।