Home > समाचार > मञ्जुश्री असहाय संरक्षण केन्द्रले समाजसेवी जानकी बज्राचार्यलाई संम्मान

मञ्जुश्री असहाय संरक्षण केन्द्रले समाजसेवी जानकी बज्राचार्यलाई संम्मान

मञ्जुश्री असहाय संरक्षण केन्द्रले समाजसेवी जानकी बज्राचार्यलाई संम्मान गरेको छ ।

१११ औंँ अन्तर्राष्ट्रिय नारी दिवसको अबसरमा नेपालका बिभिन्न स्थानमा पुगेर असहाय दुखी , गरिब र महिला बालबालिकाको न्यायको निम्ति आवाज उठाउने समाजसेवी जानकी बज्राचार्यलाई सम्मान गरिएको हो ।बज्राचार्य विभिन्न समाजिक कार्य देखि घरेलु हिंसाको विरुद्ध न्यायको मैदानमा उत्रने गरेकी छिन् ।

जानकी बज्राचार्य २०७७/११/५ गते गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लिको प्रथम वार्षिकोत्सव काठमाण्डौमा माननिय संचार तथा सुचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङ ज्यु द्वारा सामाजिक व्यक्तित्व सम्मान २०७७ द्वारा समेत सम्मानित हुनु भएको थियो।

उनी सामाजिक अभियान्ता तथा सन्चारकर्मी समेत हुनुहुन्छा । बज्राचार्य सहित विभिन्न क्षेत्रमा योगदान गर्ने समाज सेवी, महिला अधिकारकमी गरि ६ जना सम्ंमानित भएका हुन् । संम्मानित हुनेमा आभासा अभियानकी संयोजक नजबुल खान, समाजसेवी सरु सुनार ,जुनु पुन,सुनिता क्षेत्री देबिका बुढाथोकी रहेका छन् ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि समाजसेवी अच्युत राज ज्ञवाली , आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराई र सस्थाकी केन्द्रिय अध्यक्ष मञ्जु खाँडले सम्मान गरेकि हुन् । कार्यक्रम इन्द्रराज भट्टराई ,अधिबक्ता इन्दिरा न्यौपाने , अधिबक्ता दिपक शर्मा लगाएतको आतिथ्यता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *