Home > मुख्य समाचार > महानगरीय ट्राफिक प्रहरी महाशाखाको सफलता : दुई हप्तामै चोरिएका २७ मोटरसाईकल बरामद

महानगरीय ट्राफिक प्रहरी महाशाखाको सफलता : दुई हप्तामै चोरिएका २७ मोटरसाईकल बरामद

मनोज जंग कार्की
काठमाण्डु – महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समयमा अर्को सफलता हात पारेको छ । सादा पोसाकमा खटिने ट्राफिक प्रहरीको टोली विशेष सक्रियताका साथ परिचालन गरेसँगै चोरी भएका २७ वटा विभिन्न मोटरसाइकल दुई हप्तामै खोजतलास गरि बरामद गर्न सफल भएको छ ।

उपत्यकाको आसपासका विभिन्न स्थानमा चोरी भएको मोटरसाइकलहरू बरामद गरी महाशाखाले आज एक कार्यक्रमका गर्दै सम्बन्धित सवारी धनीलाई जिम्मा उक्त मोटरसाइकल जिम्मा लगाएको छ । ट्राफिक महाशाखाले सुराकी र बिशेष सुचना मार्फत टोली परिचालन गरि मोटरसाईकल वरामद गरेको हो ।

ट्राफिक महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाको जोरपाटी, जगाती, काँडाघारी, माछापोखरी, गोकर्णेश्‍वर, बुढानिलकण्ठ, टोखा, नयाँ बसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका नुवाकोट, धादिङ र मकवानपुर जिल्लाका बिभिन्न स्थानहरुबाट यी मोटरसाईकलहरु बरामद गरेको एसएसपी जनक भट्टराईले अनलाइन खबरलाई जानकारी दिनु भएको छ ।

हाम्रो टोलीले उपत्यका आसपासको ईलाकामा सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्द्छन, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तमा पठाउने गरेका छौं । फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने काम गरेका उहाले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *