च्छोरोल्पा खबर सम्बादाता-कमल पोखरेल
मोरङ, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिको लक्ष्य प्राप्तिमा सरकार ढृणताका साथ लागेको वताउनु भएको छ ।
१८ गते मोरङको उर्लाबारी नगरपालिका वडा न. ९ रातेहोली किनारमा सरकारले निर्माण गर्न लागेको सन्थाल एकीकृत बस्तीको शिलान्यास समारोहलाई सम्बोधन गर्नु हुदै देशैभरि विकास र समृद्धिको प्रचुर काम भईरहेको छ । सरकार विकास र समृद्धिको महान लक्ष्यमा प्रतिवद्ध भएको चर्चा गर्दे उहाले विकास र समृद्धि नचाहने देशी,विदेशी शक्तिले सरकारविरुद्ध जाइ लागिरहेको छन,।
देशको समस्या भनेको विकास र गरिवी भएको उहाले बताउनु भएको थियो ।
तीन वर्ष अघिसम्म खासै विकासले फड्को मार्न नसकेको तर त्यसपछि सरकारले धेरै विकासको काम अघि बढी सकेको वताउदै ‘अव सरकारले देशभरि भूमि तथा घरवारविहीन भएकालाई आधारभूत संरचना तयार गरि बसोवासको व्यवस्था गर्न लागेका छौ ’
यहाँका अल्पसंख्यक सन्थाल जाती राज्यको मूल प्रवाहबाट बञ्चित भएको उल्लेख गर्दे यस्ता जातीलाई सामाजिक, आर्थिक
,सांस्कृतिक रुपमा सवल बनाउन सकेमात्र समृद्धीको लक्ष्य पूरा हुने प्रधानमन्त्री ओलीको धारणा राखनु भएको थियो ।
शिलान्यास समारोहमा शहरी विकास मन्त्री मन्त्री प्रभु शाह, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भूमिसुधारमन्त्री डा.शिवमाया तुम्बाहाम्फे, पूर्वंसभामुख सुवास नेम्बाङ, प्रदेश १ प्रमुख सोमनाथ प्यासी ,मुख्य मन्त्री शेरधन राई, बाग्मती प्रदेश प्रमुख डोरमणी पौडेल लगायतका उपस्थिति रहेको थियो ।