सुनिता खडका
काठमाण्डाै – ललितपुरको नख्खुमा जीपको ठक्करबाट एक जना छात्राको ज्यान गएको छ ।
बिहानै स १ ज ५६७ नम्बरको जीपले ठक्करदिदा सिन्धुपाल्चोक घर भइ ललितपुरको बागडोलमा बस्ने १९ वर्षकी अञ्जु दाहालको ज्यान उपचारको क्रममा ज्यान गएको प्रहरीले अनलाइन खबरलाइ जनाएको छ ।
प्रहरीकाअनुसार बिहान साढे ५ बजे सडक पार गर्दै गर्दा अञ्जु दाहाललाई जीपले ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी दाहालको ६ बजे पाटन अस्पतालमा ज्यान गएको हो । प्रहरीकाअनुसार दाहाल कोटेश्वर मल्टिपल क्याम्पसमा अध्ययनरत बिद्यार्थी हुनुहुन्थ्यो ।
जीप चालकलाई भने प्रहरीले पक्राउ गरेको छ ।