Home > मुख्य समाचार > एक किमी सडक बनाउन दुई फरक ठेक्का!!कतै कालोपत्रे, कतै ढलान, बाँकी अलपत्र

एक किमी सडक बनाउन दुई फरक ठेक्का!!कतै कालोपत्रे, कतै ढलान, बाँकी अलपत्र

च्छोरोल्पा खबर सम्बादाता-चुनमणी शर्मा

फागुन,  १८ काठमाडौं -भरतपुरको भोजाडदेखि पदमपुरसम्मको सकसपूर्ण यात्रामा अब भने यात्रुलाइ सहजता हुने भएको छ । अत्यधिक प्रयोगमा आउने उक्त सडकखण्ड नियमित मर्मत नहुँदा यात्रुले आवातजावतमा निकै कष्ट व्यहोर्न परेको थियो ।

भौगोलिक क्षेत्राधिकार भएको भरतपुर महानगर वा कालिका नगरपालिका कसले सडक मर्मत गर्ने भन्ने विषय पेचिलो बनेको रहेको थियो । जम्मा १ किमी सडक बनाउनको लागि पनि दुई फरक निकायबाट ठेक्का र बजेट सुनिश्चितता गरिएको छ ।

अन्ततः सडकको भोजाडतर्फबाट पाँच सय मिटरसम्म भरतपुर महानगरले बनाउने निर्णय भएको छ। पदमपुरतर्फबाट भरतपुर आउने सडकखण्डको मोटरपुल भागबाट वर ढलान गरी प्रदेश सरकारको बजेटमा रोड मर्मत हुने भएको महानगरका प्रवक्ता एवम् वडा १० काअध्यक्ष अरूण पीडित भण्डारीले अन्लाइन खबरलाइ बताएको छन ।

उक्त सडकको लागि ठेक्का पनि आह्वान भइसकेको जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर पुष्कर पोखरेलले बताउनु भएको छ । यसका लागि पनि झन्डै ४० लाख बजेट विनियोजन भएको छ । केही दिनअघि मात्रै ठेक्का आह्वान भएकाले यस खण्डमा काको म हुन अझै समय लाग्ने देखिन्छ । झन्डै २६५ मिटरमा ढलान हुन सक्ने उहाले जानकारी दिनु भएको छ । कालोपत्रे भन्दा सिमेन्ट ढकाल बलियो र केही महँगो पनि मानिन्छ ।

भोजाडतर्फबाट पाँच सय मिटर कालोपत्रे र पदमपुर मोटरपुलबाट २६५ मिटर ढलान हुने भएपछि सडकको अझै दुई सय मिटर जति क्षेत्र अलपत्र हुने देखिन्छ । सडकको वारपार क्षेत्र पूरै मर्मत नहुने भएपछि सडकको केही भाग पिच राम्रो भएकाले त्यसलाई नभत्काउने गरी आवश्यक ठाउँमा मात्र ढलान गर्ने तयारी पूर्वाधार कार्यालयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *