Home > समाचार > साइबर ब्युरोको लोगो राखेर फेसबुक पेज बनाउने एक जना पक्राउ

साइबर ब्युरोको लोगो राखेर फेसबुक पेज बनाउने एक जना पक्राउ

काठमाण्डाै – नेपाल प्रहरीले साइबर ब्युरोको लोगो प्रयोग गरी नक्कली फेसबुक पेज बनाएर जथाभाबी लेखने फोटो पोस्ट गर्ने एक जना पक्राउ गरेको छ।

साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएर नागरिकलाई भ्रममा पार्ने र आपराधिक लाभसमेत लिन खोजेको आरोपमा कपिलवस्तुको वाणगङ्गा घर भइ रुपन्देहीको सैनामैना नगरपालिका बस्ने प्रत्ज्वल पोख्रेललाई पक्राउ गरिएको प्रहरीले जनकारी दिएको छ ।

पक्राउ परेका प्रत्ज्वल पाेख्रेललाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा चलाइने साइबर ब्युरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *