Home > मुख्य समाचार > दर्ता बिना सञ्चालन अनलाइन मिडिया ‘नियन्त्रण’ गर्न निर्देशिका आउँदै : मन्त्री पार्वत गुरुङ

दर्ता बिना सञ्चालन अनलाइन मिडिया ‘नियन्त्रण’ गर्न निर्देशिका आउँदै : मन्त्री पार्वत गुरुङ

२८ माघ, काठमाडौं । सरकारले सञ्चार माध्यमलाई नियमन र नियन्त्रण गर्नको लागी निर्देशिका ल्याउने तयारी गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन माध्यमहरूलाई नियन्त्रण गर्ने गरी निर्देशिका ल्याउन लागेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार माध्यम र सञ्चारकर्मीलाई अमर्यादित तथा गैरजिम्मेवार हुन नदिने यस्तो निर्देशिका ल्याउन लागिएको जानकारी दिनु भाएको छ। ‘स्वतन्त्रताको उपभोग गर्ने नाममा दर्ताविनै फेसबुक, युट्युब, अनलाइन माध्यमको विकृति रोक्न सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका २०७७ जारी गर्ने तयारीमा छौं मन्त्री गुरुङले भनु भयो।

दर्ताविनै रहेको सामाजिक संजालले हाम्रो समाजलाई अराजकतातर्फ विकृति, विसंगतितर्फ जान नदिन, सञ्चारकर्मी र सञ्चार क्षेत्रलाई अराजक हुने,अमर्यादित हुने र गैरजिम्मेवार नहुन नेपाल सरकार सचेत गराउन चाहन्छ ।

अभिव्यक्ति स्वतन्त्रताको नाममा सरकारले गरेका गलत कामको आलोचना, राष्ट्रपति र अदालतको विषयमा समेत टिकाटिप्पणी हुन लागेको भन्दै निर्देशिका ल्याउन लागेको मन्त्री गुरुङले बताउनु भएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *