Home > मुख्य समाचार > पुर्व सहसचिव प्रेमप्रकाश उप्रेती पुर्व एसपी नरेन्द्र उप्रेती कांग्रेसमा प्रवेश :डा.कोइरालाले गरे स्वागत

पुर्व सहसचिव प्रेमप्रकाश उप्रेती पुर्व एसपी नरेन्द्र उप्रेती कांग्रेसमा प्रवेश :डा.कोइरालाले गरे स्वागत

मनोज कार्की

काठमाडौं २५ माघ/सुनसरी १४ औं महाधिवेशनका संभावित सभापति डा. शेखर कोइरालाको गृह जिल्ला मोरङको सलकपुरमा पूर्वएसपी सहित सयौंलाई कांग्रेसमा प्रवेश गराएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य डा. शेखरले मोरङको सुन्दरहरैंचा सलकपुरमा आयोजित कार्यक्रममा सयौं नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका हुन् ।

सलकपुरमा आयोजित कार्यक्रममा डा. शेखरले राप्रपाका पुर्व केन्द्रीय सदस्य कृष्ण भट्टराई, नेपाल सरकारका पुर्व सहसचिव प्रेमप्रकाश उप्रेती र नेपाल प्रहरीका पुर्व एसपी नरेन्द्र उप्रेती समेतलाई पार्टी प्रवेश गराए ।

सो अवसरमा बोल्दै डा. कोइरालाले कांग्रेसले मात्र लोकतन्त्र, संघियता, समावेशिता तथा जनताका मौलिक अधिकारको संरक्षण गर्न सक्ने बताए । नवप्रवेशीलाई स्वागत गर्दै डा. कोइरालाले कांग्रेसमा आउने सबैले लोकतन्त्रको समान उपयोग गर्न पाउने अवसर सृजना गर्न आफु सधैं कृयाशिल रहने पनि बताए

पार्टी सुदृढिकरण, सुद्धिकरण र संगठित गर्ने अभियानका साथ अगाडी बढेका डा. कोइरालाले बर्तमान सरकारले लोकतन्त्र, संघियता नै समाप्त पार्ने सड्यन्त्र गरेकाले त्यसका विरुद्ध शशक्त खबरदारी आवश्यक रहेको औंल्याए ।

‘अहिले लोकतन्त्रमाथि स्वयं सरकार र अन्य चारैतिरबाट समेत सुनियोजित तवरले हमला भैरहेको छ, बर्तमान सरकारको अलोकतान्त्रिक कदमका विरुद्ध शशक्त आन्दोलनको बिकल्प छैन ।’ डा. कोइरालाले भने ।

कार्यक्रममा राप्रपा, पुर्व एमाले र पुर्व माओवादीबाट करिब २ सय ३३ जना व्यक्तिहरु समेत नेपाली कांग्रेसमा प्रवेश गरेका छन । उनिहरुलाई डा. कोइरालाले चारतारे झण्डा दिएर स्वागत गरेका थिए ।
नवप्रवेशी नेता तथा कार्यकर्ताहरुले लोकतन्त्रको लडाँईमा सधै नेपाली कांग्रेसको झण्डामुनी सदैव सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

https://actionkhabar.com/2021/02/05/8631/multipurpose-साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *