मनोज कार्की
नेकपाको प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आमहड्तालका कारण आज कम गाडी चलेका छन् ।
सरकारले आज पूर्ववत् रुपमै सार्वजनिक बसलगायत आ-आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । सरकारले सुरक्षा दिने भन्दै आफ्नो नियमित काम नरोक्न समेत गृहमन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा व्यवस्था मिलाइएको समेत बताउनु भएको छ । शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सार्वजनिक गाडी अवरोधलगायतका गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्नमाथि कारबाही हुने उहाँले बताउनु भयो।
काठमाण्डाै उपत्यकामा सडक र गाडीमा अवरोध गर्न खोज्ने ४० जना पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीले सडकमा अवरोध गर्न खोज्नेलाई प्रहरीले निगरानी गरिरहेको छ ।यस्तै, प्रहरीले कहीँकतै केही समस्या भए प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न पनि आग्रह गरे
https://www.facebook.com/100051509532266/videos/240927740967542/