मनोज कार्की
नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ ।
प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको गर्ने घोसण गरेको थियो। सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्ताल प्रचण्ड–नेपाल पक्षले गरेको हो ।
आमहड्ताललाई शान्तिपूर्ण बनाउने बताइएपनि बिहीबार बिहानै काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी गरेको छन् । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको सेतो ट्याक्सीमा आगजनी गरेको हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले दुई व्यतिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको जानकारी दिनुभएको छ ।
ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेको ।’सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्ताल जारीरहेको प्रचण्ड–नेपाल पक्षले अन्लाइन खबरलाई जनाएको छ ।