माघ,२१ काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरे अनलाइनबाटै जरिमाना भुक्तान गर्न मिल्ने सुबिधा भएको छ ।
सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले जनकारी दिएको छ ।
यस अघि बैंकमा लाइन बस्नुपर्ने भएकोले धेरै समय खर्चिनु पर्ने र झन्झटिलो प्रकृया बेहोर्नु पर्थ्यो । अब यस्तो समस्याको हल हुने महानगरीय ट्राफिक महाशाखाको विश्वास छ ।
टीभीआरएस (ट्राफिक भायोलेन्स रेकर्ड सिस्टम) मार्फत बुधवारदेखि अनलाइनबाटै जरिवाना तिर्न सकिने महाशाखाले जनाएको छ। सवारी चालकलाई सहज होस् भन्ने उद्देश्यले अनलाइनबाटै जरिवाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महाशाखाले जनाएको छ।
महाशाखाले बुधबार अनलाइन सेवाको औपचारिक काम सुरु गरेको छ ।