माघ १८ गते (आईतबार) जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार
नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ।हाल देशको पहाडी भु-भागका थोरै स्थानहरुमा र तराईका अधिकांश भु-भागहरुमा हुस्सु/कुहिरो लागेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो: प्रदेश न. १ को पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ।