Home > मुख्य समाचार > नेपाल टेलिभिजनको ३६ औं वार्षिकोत्सवका अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै : मन्त्री गुरुङ

नेपाल टेलिभिजनको ३६ औं वार्षिकोत्सवका अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै : मन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिभिजनको ३६ औं वार्षिकोत्सवका अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले थप अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलको विकास गरिने जानकारी दिनुभएको छ । ‘नेपालीको भावनालाई विश्वसँग पुर्‍याउन पाँच वटा च्यानलमा एक अन्तर्राष्ट्रिय टेलिभिजन च्यानल थप गर्नुपर्नेछ,’ उहाँले भन्नुभयो, ‘आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा व्यवस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु उहाले भानु भयो ।’

मन्त्री गुरुङले नेपाल टेलिभिजनलाई विश्व समुदायमा पहुँच पुर्‍याउन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘विगतमा जे जस्तो आर्थिक, व्यवस्थापकीय नीति, निर्देशिका, कार्यविधि र कठीनाइ व्यहोर्नुभयो,’ उहाँले भन्नुभयो, ‘अब नयाँ ढंगबाट युगान्तकारी काम गर्नुपर्नेछ ।मन्त्री गुरुङले नेपाल टेलिभिजनका कर्मचारी र कर्मचारी संगठनले देखाएको सौहार्दपूर्ण व्यवहारको प्रशंसा समेत गर्नु भएको छ ।

प्रतिस्पर्धामा उत्कृष्टता हासिल गर्न सफलता मिलोस् नेपाल टेलिभिजनको ३६ औं वार्षिकोत्सवको अवसरमा हार्दिक शुभकामना समेत दिनु भएको छ|

Leave a Reply

Your email address will not be published. Required fields are marked *