अर्जुन राज भण्डारी
ललितपुर १६ माघ /शिक्षकहरुको दरबन्दी मिलानसंगै समस्याको उचित न्यायपुर्ण निकाश निकाल्न भन्दै महालक्ष्मी नगरपालिका ललितपुरका कांग्रेससंगै अन्य दलहरुरुले संयुक्त ज्ञापन पत्र बुझाएका छन।राजनितिक दलहरुले यस सम्बन्धमा नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठको ध्यानाकर्षण गराएका हुन।
नेपाली काङ्ग्रेसका नगर् सभापति दिवाकर सिलवालको सभापतित्वमा उक्त ज्ञापनपत्र मेयरसमक्ष बुझाइएको हो। साथै यसमा अन्य
९ वटा शिक्षक सम्बद्ध सस्थाहरु पनि रहेका छन।ज्ञापनपत्रमा आफ्ना नगरपालिका भित्रका शिक्षकलाई नगरपालिका भित्रै ब्यबस्थापन गर्नुपर्ने लगायतका मागहरु उल्लेख गरिएको छ।
९ वटा शिक्षक सम्बद्ध सस्थाहरु पनि रहेका छन।ज्ञापनपत्रमा आफ्ना नगरपालिका भित्रका शिक्षकलाई नगरपालिका भित्रै ब्यबस्थापन गर्नुपर्ने लगायतका मागहरु उल्लेख गरिएको छ।
