Home > समाचार > दक्षिणकालीमा ट्रक दुर्घटना २ जनाको मृत्यु

दक्षिणकालीमा ट्रक दुर्घटना २ जनाको मृत्यु

माघ,१४ काठमाडौं ।  दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय मोहनलाल रुम्बा र सोही ट्रकका परिचालक अछाम घर भई काठमाडौं बस्ने २८ वर्षे गोमबहादुर बुढा मृत्यु भएकोह्हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ ।

थाहाखेलबाट फर्पिङ आउँदै गरेको बा ३ ख ६१९९ नम्बरको ट्रक हनुमाने भन्ने स्थानमा गएराति साढे ८ बजे दुर्घटना भएको थियो । ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीले अनलाइन खबरलाई जनाकरी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *