Home > मुख्य समाचार > आरोप पत्र’ फिर्ता लिन र चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुन्छ : ईश्वर पोखरेल

आरोप पत्र’ फिर्ता लिन र चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुन्छ : ईश्वर पोखरेल

काठमाडौं, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा नेपाल सरकारका उपप्रधानमन्त्री  ईश्वर पोखरेलले दुई शर्तमा पार्टी एकता हुनसक्ने बताउनु भयो । काठमाडौंमा २३ गते गर्न लागिएको प्रदर्शनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ईश्वर पोखरेलले  ‘आरोप पत्र’ फिर्ता लिन र चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुनसक्ने बताउनु भएको हो।

अहिले पनि जुन अराजकता सिर्जना गर्न खोजियो, जनताको भावनामा चोट पुर्‍याउन खोजियो,’ उहाले भन्नुभयो , ‘यो एकतालाई कायम राख्ने हो भने दुईटा कुरा गर्नुपर्छ । कात्तिक २८ गते पार्टी अध्यक्षका रुपमा रहनु भएका पुष्पकमल दाहाल प्रचण्डले प्रथम अध्यक्षलाई जुन गम्भीर आरोप लगाउनु भएको छ, त्यो अभियोग पत्र फिर्ता लिनुपर्छ । र, घोषित निर्वाचनमा सहभागी हुन तयार भएर आउनुपर्छ । त्यसो हुँदा अहिले जुन स्थिति देखिएको छ, त्यसलाई टार्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *