#एजेन्सी #नयाँदिल्ली,
जलिरहेको टायरले आक्रमण गरिएको हात्तीको उपचारका क्रममा मृत्यु भएको छ।
भारतमा तमिलनाडुका बन अधिकारीहरूले निलगिरीको मसिनागुडीमा केही दिन अघि भएको घटनामा दुई जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न एक जनाको खोजी जारी गरेको बताएको छ।{चालिस }४० वर्षको भाले हात्तीको शरीरमा उनीहरुले जलिरहेको टायर फालेका थिए। जलिरहेको टायरले हात्तीको कान र पिठ्यूँ जलेको थियो।
सामाजिक सञ्जालमा जलिरहेको टायर हात्तीको शरीरमा फालिएको भिडिओ आएको थियो। टायरको आक्रमणमा परेको हात्ती भाग्दै जंगलतर्फ गएको देखिन्छ।
तमिलनाडुका बन अधिकारीहरूले निलगिरीको मसिनागुडीमा केही दिनअघि भएको उक्त घटनामा दुई जनालाई पक्राउ गरेको जानकारी दिएका छन्। घटनामा संलग्न थप एक जनाको खोजी जारी छ।
उनीहरूले ४० वर्षको भाले हात्तीको शरीरमा जलिरहेको टायर फालेका थिए। टायरले हात्तीको कान र पिठ्यूँ जलेको थियो।
सामाजिक सञ्जालमा जलिरहेको टायर हात्तीको शरीरमा फालिएको भिडिओ आएको थियो। टायरको आक्रमणमा परेको हात्ती भाग्दै जंगलतर्फ गएको देखिन्छ।
मानिसले देखाएको क्रुरता पहिलो पटक मात्र हैन।
यसअघि गत वर्ष भारतको केरलामा एक गर्भिणी हात्ती पानीमा सुँड डुबाएर उभिइरहेको अवस्थामा मरेकी थियो ।हात्ती कुनै रोग वा दुर्घटनामा परेर मरेकी होइन। मानव-जनावर द्वन्द्वमा मानिसले देखाएको क्रुरताको पराकाष्ठाले ज्यान लिएको हो।स्थानीयले उक्त हात्तीलाई भित्र विस्फोटक पदार्थ हालेर भुइँकटहर खुवाएका थिए। भुइँकटहर हात्तीको मुखमै पड्किएका थिए, केही भित्र गए र पड्किएको थियो ।
अन्दाजी १४-१५ वर्षकी जंगली हात्ती पालाक्कड जिल्लाको साइलेन्ट भ्यालीको जंगल छोडेर खानाको खोजीमा नजिकैको गाउँमा पुगेको थिई। त्यही बेला कसैले उसलाई बिस्फोटक पदार्थ भरेर भुइँकटहर दिएको वन अधिकारीहरूले बताएका थिए।