Home > मुख्य समाचार > मिस एण्ड मिसेस धादिङ बनाइदिने भन्दै ठगी दुईजना पक्राउ

मिस एण्ड मिसेस धादिङ बनाइदिने भन्दै ठगी दुईजना पक्राउ

माघ,११ काठमाडौं । मिस एण्ड मिसेस धादिङ बनाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा दुईजना व्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ।

धादिङ खानीखोला इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपा थापाका अनुसार पक्राउ पर्नेमा ललितपुरका हिमाली सुब्बा र इलामका कमल खतिवडा पक्राउ परेको बताउनु भएको छ।

ठगी गरेको घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा दुवैजनाले आरोप स्वीकार गर्दै पैसा लिनु बाध्यात्मक अवस्था भएको बयान दिएको प्रहरीले जनाएको छ । आइतबार नियन्त्रणमा लिइएका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले अनलाइन खबरलाई जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *