Home > मुख्य समाचार > सरकारले चुनावको घोषणा गरेको छ निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई गृहसचिवको निर्देशन

सरकारले चुनावको घोषणा गरेको छ निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई गृहसचिवको निर्देशन

४ माघ, सुर्खेत । गृहसचिव महेश्वर न्यौपानेले निर्वाचनको तयारीमा जुट्न प्रदेशका सम्पूर्ण सुरक्षा निकायहरुलाई निर्देशन दिनु भएका छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका गृहसचिव न्यौपाने अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभाको आगामी निर्वाचनतर्फ केन्द्रित हुन् सरकारको स्पष्ट निर्देशन आएको भन्दै आवश्यक तयारी थाल्न निर्देशन दिए ।
निर्वाचन हुन्दैन्, भन्नेर तपाईंहरु अलमलमा नपर्नुस । सरकारले चुनावको घोषणा गरेको छ गृहसचिव न्यौपानेले भने, ‘सरकारको निर्णय कार्यान्वय गराउनु तपाइ हाम्रो अठोट हो, काम हो । रतिभर संमय नलिएर काम थाल्नुस।

सुरक्षा महाशाखा प्रमुखको अध्यक्षतामा केन्द्रीय निर्वाचन सुरक्षा योजनासमेत तयार गरेर काम थालिएको गृहसचिव न्यौपानेले बताउनु भयो ।

बैठकमा सुदूरपश्चिम प्रदेशको अछाम, लुम्बिनी प्रदेशका बाँके र बर्दिया, कर्णाली प्रदेशका सल्यान, दैलेख, जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगै कर्णाली प्रदेश प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुखको समेत सहभागिता रहेको थियो ।

शनिबार सुर्खेत पुगेका गृहसचिव न्यौपानेले सुर्खेत कारागारको निरीक्षण, जिल्ला प्रशासन कार्यालय सुर्खेतको गैरआवासीय भवन शिलान्यास, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको भवन उद्घाटनसमेत गर्नु भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अनलाइन खबरलाइ जानकारी दिनु भयोकोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *