Home > मुख्य समाचार > बाँकेमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीको हत्या

बाँकेमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीको हत्या

मनोज कार्की

माघ, ४ । बाँकेमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीको हत्या भएको छ ।

सहायक सूचकको रुपमा कार्यरत नेपालगन्ज उपमहानगरपालिका–१८ सूर्यगाउँस्थित लब्दवाका २७ वर्षीय प्रवीण थापाको हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास खड्काले च्छोरोल्पा अनलाइनखबरलाई जानकारी दिनु भएको छ।

प्रहरी नायब उपरीक्षक(डीएसपी) सुवास खड्काका अनुसार सूर्यगाउँका स्थानीयले गत शुक्रबार खेतबारीमा एक पुरुषको शव फेला परेको प्रहरीलाई खबर गरीएका थिए ।मृतकको पहिचान हुन नसके पनि अनुसन्धानको क्रममा अनुसन्धान विभाग बाँकेमा कार्यरत प्रवीण थापाको पहिचान खुलेको बताए ।

थापाको शव उनको घरभन्दा करिब २ किलोमिटर परको खेतमा फेला परेको थियो । उनको टाउकोमा धारिलो हतियार प्रहार भएको देखिन्छ । टाउकोमा लागेको चोटका कारण नै उनको मृत्यु भएको असपतालको पोष्टमार्टम रिपोर्टमा देखिएको छ ।

बिहीबार उनी अफिस गएको देखिन्छ । अफिस गएपछि पनि उनको सम्पर्क परिवारसँग भएको देखिन्छ । बिहीबार साँझदेखि सम्पर्कविहीन भएका उनको सोही दिन हत्या भएको देखिन्छ । अनुसन्धा भैरहेको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *