Home > मुख्य समाचार > मुलुकलाई समृद्धिको बाटोमा लाग्न प्रचण्डमुक्त कम्युनिस्ट पार्टी, प्रचण्डमुक्त नेपाल बनाउन जरुरी छ : मन्त्री प्रभु साह

मुलुकलाई समृद्धिको बाटोमा लाग्न प्रचण्डमुक्त कम्युनिस्ट पार्टी, प्रचण्डमुक्त नेपाल बनाउन जरुरी छ : मन्त्री प्रभु साह

मनोज जग कार्की

काठमाडौं ३ माघ। नेकपाको केपी ओली समूहका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले पुष्पकमल दाहाल प्रचण्डबाट कम्युनिस्ट आन्दोलन र मुलुको समृद्धिमा बाधा खडा भएको दावी गर्नु भएको छ।

प्रदेश १ को ओली पक्षीय अगुवा कार्यकर्ता भेलामा उहाले भनुभयो ‘नेपालमा प्रचण्डजी स्थापित भएर आएपछि मुलुक अस्थिरताको भुमरीमा झन् फसेको छ । कम्युनिस्ट आन्दोलन अन्यौलग्रस्त स्थितिमा छ । उहाँले स्वार्थका लागि माओवादी आन्दोलन बेच्दै बेच्दै आउनुभयो । यहाँसम्मकी कम्युनिस्टमा बचेका कुरा पनि ध्वस्त गर्नु लाग्नु भयो । कम्युनिस्ट आन्दोलनलाई सफल गर्न र मुलुकलाई समृद्धिको बाटोमा लाग्नको लागि प्रचण्डमुक्त कम्युनिस्ट पार्टी, प्रचण्डमुक्त नेपाल बनाउन जरुरी छ । देशलाई प्रचण्डमुक्त नगरिए ठूलो दुर्भाग्य हुनेछ मुलुक अस्थिरताको भुमरीमा पसिरहने छ भानु भयो ।’

कम्युनिस्ट आन्दोलनले मुलुकले सफलता समृद्धि प्राप्त गर्छ भनेर कार्यकर्ताले ठूलो आशा गरेको बेला केही नेताको व्यक्तिगत महत्वकांक्षाले अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ ।

‘हाम्रो पार्टी एकतापछि अब नेपाल समृद्ध हुन्छ । सफलता प्राप्त गर्छ भनेर कार्यकर्ताले ठूलो आशा पालेका थिए । केही नेताहरुका कारण त्यो सपना पुरा हुनु सकेन।देश गम्भीर संकटबाट गुर्जिएरहेको छ । पार्टी र आन्दोलन गम्भीर मोडमा छ । त्यसको समीक्षा जरुरी छ,’ साहले भने, ‘पार्टी एकताका बेला सहमतिको बाटोबाट जाने सहमति भए पनि केही नेताको व्यक्तिगत महत्वकांक्षका कारण आफैले बनाएको विधि विधान विपरीत अध्यक्ष हत्याउने काम मात्र भएन । आफ्नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने अस्थिरता पैदा गराउने प्रयास भयो । यस्ता हर्कतले अहिलेको अवस्था सिर्जना भएको हो ।’

 

‘केही साथीलाई लागेको होला । प्रचण्डजीले यसरी किन गर्नुभयो । तपाईंहरुका लागि अनौठो होला । तर पूर्वमाओवादीका लागि, प्रभु साहका लागि त्यो अनौठो होइन । माओवादीमा प्रचण्डजी ३० वर्षदेखि अध्यक्ष हुनुहुन्थ्यो । उहाँले गरेको यही काम हो । उहाँले आफ्नो पदका लागि न कहिले सहयोद्धा चिन्नु भयो, न आफ्नो प्रतिबद्धता चिन्नुभयो, न विचार चिन्नु भयो, न आफ्नो पहिचान चिन्नुभयो

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *