मनोज कार्की
माघ,२ काठमाडौं । चन्द्रागिरि नगरपालिकामा मोटरसाइकलको ठक्करबाट आज एक बालकको ज्यान गएको छ ।
दुर्घटनामा तारकेश्वर नगरपालिका–३ का १२ वर्षीय अमृत देवकोटको उपचारको क्रममा ओम समाज अस्पतालमा मत्यु भएको छ।
थानकोटबाट कलंकी जाँदै गरेको प्रदेश नं ३–०२–००९ प ८४४८ नम्बरको मोटरसाइकलले अमृतलाई ठक्कर दिएको थियो।उनको उपचारको क्रममा ओम समाज अस्पतालमा निधन भएको महानगरीय प्रहरी बृत्त, थानकोटका डिएसपी मोहन खाँणले अनलाइन खबरलाई बताउनु भएको छ।
उपचारको क्रममा ओम समाज अस्पतालमा निधन भएपछि मृतकका आफन्तले कंलकी नागढुङ्गा सडकखण्डमा अबरोध गरेका थिए । विवाद बढ्न सक्ने देखिएपछि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर सडक खुलाएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार २३ वर्षीय सुन्दर सदा शंकर र २३ वर्षीय सुदिप बस्नेत समेत गम्भीर घाइते भएका छन् ।आफन्तले उपचारमा अस्पतालले लारबाही गरेको भन्दै शवसमेत बुझ्न मानेका थिएनन् । तर, अस्पताल र आफन्तबीच हालै समझदारी भएको कालिमाटीका डीएसपी अपिलराज बोहोराले बताए ।