माघ, १ काठमाडौं । रत्नपार्क–भद्रकाली सडकखण्डमा बा ३ ख ४४३७ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ । भद्रकाली मन्दिर नजिकै आकासे पुलनेर चन्द्रागिरि यातायातको बस बिहान ७ः५५ बजेतिर सडकमै पल्टिएको हो
बसमा तीन जना यात्रु सवार थिए । दुर्घटनामा चालक र एक जना बच्चा गरी दुई जना मात्रै घाइते भएका छन् । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको छ ।
बसमा सवार रहेका ३ जान मध्ये अर्का एक व्यक्ति भने सम्पर्कमा छैनन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बस दुर्घटनाको कारण के हो खुलेको छैन । चालकले नियन्त्रण गुमाएर बस दुर्घटना भएको भनिएको छ। व्यस्त सडकमा बस पल्टिएपछि सवारी आवागमन प्रभावित भएको थियो ।