काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पशुपति शम्शेर जबराले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा राजधानी काठमाडौँमा आज निकालिएको र्यालीमाथि प्रहरीको दमन भएको भन्दै त्यसको विरोध गर्नु भएको छ ।
जबराले स्वतन्त्र प्रजातान्त्रिक शक्तिलाई दमन गर्ने जुन काम नटिक्ने बताउनु भएको छ।प्रहरी दमनलाई अन्याय, अत्याचार र लोकतान्त्रिक पद्धतिको विरुद्धको कार्य भएको जोड दिनु भयो ।
“यस्तो दमन टिक्न पनि टिक्दैन, चल्न पनि चल्दैन र हामी आफ्नो अभियान अगाडि सारी राष्ट्रियता, मुलुकको सम्पूर्ण अखण्डतालाई कायम गर्न राप्रपा अगाडि बढ्छ,” अध्यक्ष राणाले प्रदर्शनपछि थापागाउँस्थित अर्पण बैंक्वेटमा पत्रकारहरूसँग बताउनु भएको छ।
राप्रपाले लोकतन्त्रमाथिको दमन सहन नसक्ने उल्लेख गर्नु भयो ।
राप्रपाले आज भद्रकाली हुँदै सिंहदरबारसम्म भब्य र्याली निकालेको थियो। सो क्रममा सिंहदरबारअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न अगाडि बढेका र्यालीमा प्रहरीले दमन गरेको थियो।
फरक प्रसङ्गमा, अध्यक्ष राणाले मुलुक हिन्दु राष्ट्र हुनैपर्ने र राष्ट्र प्रमुखका लागि राजसंस्था नै ल्याउनुपर्ने बताउनु भयो ।
राजसंस्था चाहिँ आलङ्कारिक रूपमा हुनुपर्ने उनको धारणा छ, जुन लोकतन्त्र सफल पार्न र प्रजातन्त्रलाई दीगो पार्न आवश्यक रहेको बताए।