Home > खुल्ला पत्र > कांग्रेस नेता रामचन्द्र पौडेललाई खुला पत्र : केशवराज चौलागाईंको

कांग्रेस नेता रामचन्द्र पौडेललाई खुला पत्र : केशवराज चौलागाईंको

रामचन्द्र दाइ जयनेपाल!!1

हजुर कांग्रेसको वरिष्ट नेता,अाधा शताव्दि त मुलुक र लोकतन्त्रका लागि लढाईं गर्नु भएका हजुरको त्याग,तपश्या समर्पण र सक्रियताको विशालतामा म जस्तो सानू कार्यकर्ताले जिज्ञासा राख्नु दुष्सहाश हुन्छ नै।तैपनि केही खुल्दुली थाम्नै मुश्किल भएकाले केही विन्ति विसाउने दुष्प्रयास गरेको छु। विभिन्न टेलिभिजनहरुमा हजुरको अन्तर्वाता सुनें!!! ल,प्रम केपी वली तानाशाही,भ्रष्टचारीको संरक्षक,संविधान विरोधी,नक्कली राष्ट्रवादी,वयलगाडा नीति ,निरंकुश,स्वेच्छाचारी, झुटो,अादि अादि अारोप लगाउंदै गर्दा,त्यस्ता कुशासकको हातमा मुलुक सुम्पने संसदको ६४%सांसदहरु यो कु-शासनको भागिदार हुन् कि होईनन्???

कम्युनिष्ट शिद्धान्तको अाडमा वान्छनीय,अवान्छनीय बाटो अवलम्वन गरेर, कहाली लाग्दा जोखिम उठाएर जनतालाई भ्रमित पार्न सफल कम्युनिष्टहरुले पुर्ण बहुमत प्राप्त गरे।जनताले पनि उनीहरुलाई संविधान नै संशोधन गर्न समेत पुग्ने गरि जनमत दिए।उनीहरुको अान्तरिक खिचातानीमा कस्को कारण के कारण त्यो हाम्रो खास चासोको विषय पनि होईन।हाम्रो नजरमा सबै बराबर जिम्मेदार छन्।५ वर्षको लागि दिईएको जनमत ३ वर्ष मात्रै उपभोग गरेर चुनावी कैदानमा अोर्लिए।असंबैधानिक त भयो,भर्याङका सिंडी टेक्दै अांगनमा अाउंनु पर्थ्यो बार्दलीबाट हाम्फालेर अांगनमा अाए । कुवाटो अाएपनि अाखिर जनताको अदालतमा त अाएकै हुन् नि।

हजुरले सिंहदरवार र संसद भवनलाई बढी नियाल्नु भयो,हामीलाई निर्वाचन क्षेत्रहरुमा त्यहावाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको अधिनायकत्व,सर्वसत्तावाद हैकमवाद राजनैतिक विभेद, प्रशासनिक निकाय कव्जा ,स्वेच्छाचारी बिकास विनियोजन र ,एकदलीय शासनको छनक दिने शासनको अनुभव छ। जसरी केपी अोलीको सत्ता केन्द्रभागमा छ उनीहरुले निर्वाचन जितेका जिल्ला र क्षेत्रहरुमा पनि त्यही शैलीको शासन सत्ता छ।अधिनायकवादीहरुको सत्ता उनीहरु स्वयंका कारण ढल्यो ।यसमा विस्मत मान्नु पर्ने कारण के छ???

हजुरले ,संविधान कुल्चेर यो सत्ता भंङ्ग गरियो ,लोकतन्त्रमाथि हमला भयो भनिरहंदा के यो शासन लोकतान्त्रिक भावनाले चलेको थियो???।थिएन भने दहीको भन्दा ठेकीको माया किन??? संविधानका अक्षरहरुको रक्षार्थ मुलुक र लोकतन्त्र प्रति गरिएको दुर्व्यवहारको निरन्तरता कायम राख्नु पर्छ भन्ने हो भने त के नै भन्नू छ र! अन्यथा कम्युनिष्टको खोल अोडेका नव राणाहरुको पुनस्थापना किन???। हजुर भन्दै हुनुहुन्छ संविधान र लोकतन्त्रको रक्षाका लागि संसद पुनस्थापना हुनु पर्छ।शासन हुकुमी भएपनि होस संविधान मिचिनु हुन्न भन्न त खोजेको होईन होला ।

के संविधानमा भएका केही प्रवाधानहरु लोकतान्त्रिक छन् त?? । २ वर्ष सम्म्म अविश्वासको प्रस्ताव राख्न नपाउने प्रावाधान के हो?? मुर्खको हातमा सत्ता गयो भने त्यही २ वर्ष भित्र यो मुलुक डुवाउन सक्छ ।अाफ्नो निर्वाचन क्षेत्रवाट निर्वाचित प्रतिनिधि समेतलाई समवन्धित क्षेत्रका मतदाताहरुले प्रत्याअाव्हान गर्न पाउने व्यवस्था गर्नु पर्नेमा जनप्रतिनिधिले २/२ वर्षसम्म उस्का दुर्व्यवहार टुलु टुलु हेर्नू पर्ने प्रवाधान लोकतान्त्रिक भावनासंग मेल खान्छ??? खादैन। मैले बुझेको लोकतन्त्रमा जनता र जनप्रतिनिधिलाई प्रत्याअाव्हानको अधिकार निशर्त दिईनु पर्छ ।प्रधानमन्त्रीलाई पनि सदन विघटनको विशेषअधिकार दिनु पर्छ।

कथित स्थिरताको नाममा जनताको सार्वभौमसत्तालाई अावधिक बनाईनु हुन्न।कष्टकर संघर्षद्वारा निर्माण गरिएको संविधानको पर्खाल भत्काउने अपराध गरेता पनि जनादेशमा जाने निर्णय मुलुक र लोकतन्त्रलाई हितकारी नै छ जस्तो लाग्छ। के निर्वाचन चाहिँ गराउंछ त?? गरायो भने पनि निष्पक्ष हुन्छ त?? यी अाशंकाहरु स्वभाविक छन्।यो कुरामा हामी सजग र चनाखो हुनै पर्छ।सबै लोकतान्त्रिक शक्तिहरुलाई विश्वासमा लिएर चुनावी वातावरण वनाउने अहम जिम्मेवारी हाम्रो हो। उसको निर्वाचन गराउने नियत रहेनछ भनेपनि निर्वाचन गराउन वाध्यपार्ने सामर्थ्य राणा,पञ्च,र राजासंग लढेर विजय हाशिल गरेको हाम्रो पार्टीसंग छ।

वरु निर्वाचन गराउनका लागि सर्वदलीय सरकार गठन र निस्पक्ष निर्वाचनका लागि अान्दोलनको अांधीबेरी सृजना गरौं।निर्वाचनको शुनिश्चितता लागि लढौं।अाफ्नो सारा जीवन लोकतन्त्रका लागि समर्पण गरेको हजुर जस्तो नेताले “सर्वसत्तावादी, अधिनायकवादी,स्वेच्छाचारी सरकारको भजन मण्डली संसद भङ्ग भएकोमा दुखेसो गर्दै पुनस्थापनाको माग गर्नु अलि शोभनीय भएन कि जस्तो लाग्छ। अदालतले नै बौराईदियो भने स्वतन्त्र न्यायलायको मान्यता रक्षार्थ स्वीकार गरौंला ।अन्यथा हामी अाफैंले सडकबाट दवाव दिएर, छदमभेषी राजनीति गरेर जनता भ्रमित गर्नेहरुको वाहुल्यता भएको व्यवस्थापिका व्युंताउनु पर्छ भन्नू” नाक काटेर…..टाल्ने “पो हुन्छ कि!!?? हुन त अभागीलाई खाने वेला रिस उठ्छ रे भन्ने भनाई छ।अाखिर सत्ताको धुरीमा राज गर्ने तपाईंहरु नै हो ।जे सुकै गर्नुस्।हाम्रो त शुभ चिन्ता त हो नि!!! जयनेपाल!!!

केशवराज चौलागाईं महासमिति सदस्य

दोलखा,चरिकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *