पौष २७ गते २९९औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश मनाउन सो दिन बिहान १०:३०बजे रत्नपार्क शान्ति बाटिकामा उपस्थित भै कार्यक्रममा भाग लिनकालागी नागरिकका तर्फबाट सक्रिय मुल समारोह समितिले अपिल प्रकाशित गरेको हुदा र त्यस कार्यमा म स्वयं पनि संलग्न भएकोले फेस बुक मार्फत सबै मित्र बन्धुहरुमा केहि शब्द सहित यो निवेदन गरेको छु।
यस बिषयमा गत पौष २१ गते होटल येल्लो पेगोडामा एउटा बृहत पत्रकार सम्मेलनमा देशका विभिन्न क्षेत्र-बर्ग,ब्यबशाय,राजनीतिक पार्टी ,अभियानहरुमा संलग्न ब्यक्तिहरु र बुद्धिजीवीहरु समेतले उक्त दिबसको महत्व र बर्तमान अन्योल र दिशा बिहिन अबस्थामा राष्ट्रिय एकताको महत्वमा एक्यवद्धता जनाउदै सबै नागरिकलाई संयुक्त रूपमा आह्वान गरिएको हो।
उक्त पत्रकार सम्मेलनमा ४ पृष्ठको बिषय सन्दर्भ समेटिएको एउट अपिल मैले त्यहा बाचन गरेको र पत्रकारहरुलाई उपलब्ध गराइएको ।नेपाल राष्ट्रका निर्माता पृथ्वी नारायण शाहको योगदान देशको एकीकरण संग मात्र संम्बन्धित नभै उनका दिब्य उपदेशहरु चिरकाल सम्म देशलाई कसरी जोगाउने,बिदेशीका स्वार्थ कसरी रोक्ने,सद्भावना कसरी बढाउने र देश संबृद्ध कसरी बनाउने जस्ता कुरामा ठोस रणनीतिक विषय समेतले युक्त ज्ञान बुद्धिलाई हामीले सधै आत्मसात गर्न सक्दा देश र जन्ताको कल्याण हुने कुरा छर्लङ्ग छ।
तर आज देश यी सबै कुरा भुल्दै गलत मार्गमा प्रबृत भैरहेको अवस्थाले हामी नेपालीलाई दुखित तुल्याएको छ।हुदाहुदै अरुको उक्स्साहट र स्वार्थमा पृथ्वीनारायण शाहको सालिक तोड्ने सम्मका घृणित कार्य देख्नु पर्यो।सार्बजनिक बिदा काटियो र एकीकरण दिबश एउटा मन नपरेको सामान्य औपचारिकतामा राज्यले नै सिमित गरिदियो।
आज राष्ट्रियता, राष्ट्रिय एकता ,सामाजिक सद्भाव छिन्नभिन्न भएको र आर्थिक अवस्था गंभिर भै देशम कुशासनले निलेको यो विषम अबस्थामा हामी सबैले छातिमा हात राखी मातृभुमिको माटो छोएर सोच्नु पर्ने बेला छ राष्ट्र जोगाउन र थप क्षति हुनबाट रोक्न।राजनितीक बिचार ,वाद र विभिन्न बिबाद,संप्रदायका भावना,मतमतान्तर आदिलाई साइड लाउदै र पन्छाउदै नेपाल र नेपालीको हितको बिषय पहिल्याउन सोच्ने बेला आएको छ।
बिदेशीका खेल मंचन हुन रोक्ने सामर्थ्यका लागि आत्मस्वाभिमानको जग मजबुत बनाउने दृस्टी,सोच र कर्मको गति मजबुत बनाउन आवस्यक छ।यस मार्गमा अघि बढ्न पृथ्वीनारायण शाहका दिब्य उपदेश र राष्ट्रिय एकता दिबशको महत्व झनै बढेर गएको छ।यसर्थ सबै प्रकारका पूर्वाग्र,अहंकार ,मिथ्या दृस्टी त्यागौ र राष्ट्र प्रेमको भावना मजबुत बनाउदै पृथ्वी जयन्ती र राष्ट्रिय एकाता दिवशमा सम्मीलित भै सफल बनाउ।आफ्नो सामाजिक संजाल मार्फतसबैलाई आवहान गर्नु भएको छ ।
नेपाल र नेपालीको जय होस,
राष्ट्रिय एकता मजबुत होस।