Home > मुख्य समाचार > आज जे देखेँ, यस्तो देखेँ संचार विज्ञ : राजेन्द्र मानन्धर

आज जे देखेँ, यस्तो देखेँ संचार विज्ञ : राजेन्द्र मानन्धर

दोलखा/ सदरमुकाम चरिकोटमा शुक्रबार नेपाल कम्युनिस्ट पार्टी दोलखाले आयोजना गरेको कार्यकर्ता भेलालाई कार्यक्रमको प्रारम्भदेखि अन्त्यसम्म सबै कुर्चीहरु भरिएका थिए । अधिकांश कुर्चीहरुले कार्यक्रम अवधिमा कुनै नयाँ मान्छे वसाउन पाएन । एउटै व्यक्तिले कुर्ची ओगटेर हलचल नगरी नेताहरुका मन्तव्य श्रवण गरिरहे ।

अनुशासित र प्रतिवद्ध कार्यकर्ताको पंक्ति धेरैपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा दोलखाको कार्यक्रममा देख्न पाइयो । यस्तो दृष्य एक दशकअघिसम्म नेकपा एमालेका प्रशिक्षणहरुमा देखिन्थे । तीन/चार घण्टा एउटै कुर्चीमा वसेर प्रशिक्षित भैरहने कार्यकर्ताहरु एमालेसँग थिए । अनुशासनलाई शीरमा राख्दै सांगठनिक पद्दतीलाई मनभित्र साँचेर हिड्ने लडाकुहरु थिए । नैतिकताको पंक्तिहरुभित्र एमाले भएर हिड्दा गर्व लाग्थ्यो ।

पूर्वएमाले र पूर्वएमाओवादी एकीकरणपछिका दिनहरु भने नैतिकता हराउदै गएको, अनुशासन गुमाउँदै गएको, छवि धुमिलिदै गएको दोधारे केन्द्र बन्दै गयो । पार्टी हो की कुस्ती खेल्ने मैदान जस्तो हुदै गयो । अनुशासन, नैतिकता र कर्तव्यपरायणता शब्दकोषबाटै हराउदै गएको जस्तो हुदै गयो । न घर भएको, न थर भएको, न सदस्य विवरण नै भएको वतासे पार्टी जस्तो हुँदै गयो ।

तर आज दोलखाका कुनाकाप्चाबाट आएका दोलखा कम्युनिष्टका अगुवाहरुले चट्टान जस्तै हलचल नगरी तीन घण्टा विताए । नेताका भाषणहरु केलाइकेलाइ पिए । संसद विगठन किन भयो र किन चुनाव अपरिहार्य छ भनेर मनको क्यामेराले खिचे । वर्तमान राजनीतिक परिदृष्यभित्रका खराव पात्रहरुलाई कालो सूचीमा सूचिकृत गरे ।

हलभित्र र आँगनमा नअटेपछि अझ सडकसम्म पार्टी विभाजनको व्यग्रताले जलेका मनहरु थिए भन्न सकिन्छ । अन्यौलतातर्फ धकेलिएको राजनीतिक भविश्यको सुनिश्चितता खोज्नेहरुको जमात नै थिए भनेर अनुमान लगाउन सकिन्छ । वाटो विराएको यात्री जस्तो अलमलपूर्ण अवस्थाबाट सुन्दर र चिल्ला मार्गहरु प्रशस्त गर्न उपस्थित थिए भनेर लख काट्न सकिन्छ ।

कार्यक्रममा आएका कार्यकर्ताहरूलाई नेताहरुले पार्टी विग्रहले जलेका मनमा मलम लगाएर फर्काउन सके वा सकेनन प्रतिकृया आउन बाँकी नै छ । तर, गाउँवस्तीबाट आएका कम्युनिष्ट अगुवाहरु भने दोलखामा फेरि पनि कम्युनिष्टको झण्डा फहराउने वाचा गर्दै फर्किएका छन् ।
दोलखा जिल्ला लाल किल्ला भन्ने नारालाई घन्काइरहने प्रतिवद्धता बोकेर फर्किएका छन् ।पार्टी जति टुक्रामा विभाजन भए पनि मूलघर मुलमझेरी नछाड्ने कसम खादै हिडेका छन् । एक जमानादेखि वर्तमान जमानामा बाटो विराएकाहरु पनि एकै ठाउँमा उभिएर सूर्यको झण्डा उठाइरहने कटिबद्ध हुदै गाउँवस्ती छिरेका छन् ।राजेन्द्र मानन्धरले सामाजिक संजाल फेसबुकमा आफ्नो लेख सार्वजनिक गर्नु भएको छ ।

संचार विज्ञ : राजेन्द्र मानन्धर
संचार विज्ञ : राजेन्द्र मानन्धर

Rajendra Manandhar

 is feeling happy.

आज जे देखेँ, यस्तो देखेँ…….!
कार्यक्रमको प्रारम्भदेखि अन्त्यसम्म सबै कुर्चीहरु भरिएका थिए । अधिकांश कुर्चीहरुले कार्यक्रम अवधिमा कुनै नयाँ मान्छे वसाउन पाएन । एउटै व्यक्तिले कुर्ची ओगटेर हलचल नगरी नेताहरुका मन्तव्य श्रवण गरिरहे ।
अनुशासित र प्रतिवद्ध कार्यकर्ताको पंक्ति धेरैपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा दोलखाको कार्यक्रममा देख्न पाइयो । यस्तो दृष्य एक दशकअघिसम्म नेकपा एमालेका प्रशिक्षणहरुमा देखिन्थे । तीन/चार घण्टा एउटै कुर्चीमा वसेर प्रशिक्षित भैरहने कार्यकर्ताहरु एमालेसँग थिए । अनुशासनलाई शीरमा राख्दै सांगठनिक पद्दतीलाई मनभित्र साँचेर हिड्ने लडाकुहरु थिए । नैतिकताको पंक्तिहरुभित्र एमाले भएर हिड्दा गर्व लाग्थ्यो ।
पूर्वएमाले र पूर्वएमाओवादी एकीकरणपछिका दिनहरु भने नैतिकता हराउदै गएको, अनुशासन गुमाउँदै गएको, छवि धुमिलिदै गएको दोधारे केन्द्र बन्दै गयो । पार्टी हो की कुस्ती खेल्ने मैदान जस्तो हुदै गयो । अनुशासन, नैतिकता र कर्तव्यपरायणता शब्दकोषबाटै हराउदै गएको जस्तो हुदै गयो । न घर भएको, न थर भएको, न सदस्य विवरण नै भएको वतासे पार्टी जस्तो हुँदै गयो ।
तर आज दोलखाका कुनाकाप्चाबाट आएका दोलखा कम्युनिष्टका अगुवाहरुले चट्टान जस्तै हलचल नगरी तीन घण्टा विताए । नेताका भाषणहरु केलाइकेलाइ पिए । संसद विगठन किन भयो र किन चुनाव अपरिहार्य छ भनेर मनको क्यामेराले खिचे । वर्तमान राजनीतिक परिदृष्यभित्रका खराव पात्रहरुलाई कालो सूचीमा सूचिकृत गरे ।
हलभित्र र आँगनमा नअटेपछि अझ सडकसम्म पार्टी विभाजनको व्यग्रताले जलेका मनहरु थिए भन्न सकिन्छ । अन्यौलतातर्फ धकेलिएको राजनीतिक भविश्यको सुनिश्चितता खोज्नेहरुको जमात नै थिए भनेर अनुमान लगाउन सकिन्छ । वाटो विराएको यात्री जस्तो अलमलपूर्ण अवस्थाबाट सुन्दर र चिल्ला मार्गहरु प्रशस्त गर्न उपस्थित थिए भनेर लख काट्न सकिन्छ ।
कार्यक्रममा आएका कार्यकर्ताहरूलाई नेताहरुले पार्टी विग्रहले जलेका मनमा मलम लगाएर फर्काउन सके वा सकेनन प्रतिकृया आउन बाँकी नै छ । तर, गाउँवस्तीबाट आएका कम्युनिष्ट अगुवाहरु भने दोलखामा फेरि पनि कम्युनिष्टको झण्डा फहराउने वाचा गर्दै फर्किएका छन् । दोलखा जिल्ला लाल किल्ला भन्ने नारालाई घन्काइरहने प्रतिवद्धता बोकेर फर्किएका छन् ।
पार्टी जति टुक्रामा विभाजन भए पनि मूलघर मुलमझेरी नछाड्ने कसम खादै हिडेका छन् । एक जमानादेखि वर्तमान जमानामा बाटो विराएकाहरु पनि एकै ठाउँमा उभिएर सूर्यको झण्डा उठाइरहने कटिबद्ध हुदै गाउँवस्ती छिरेका छन् ।
बाँकी क्रमश……….
इश्वर बिश्वकर्मा, Ganesh Shrestha and 115 others
22 Comments
6 Shares
Like

 

Comment
Share

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *