Home > मुख्य समाचार > सुदूरपश्चिम प्रदेश सवै भन्दा अग्रणी बिकास गर्ने प्रदेश : प्रधानमन्त्री केपी ओली

सुदूरपश्चिम प्रदेश सवै भन्दा अग्रणी बिकास गर्ने प्रदेश : प्रधानमन्त्री केपी ओली

मनोज जग कार्कि

प्रधानमन्त्री केपि शर्मा ओलीले अहिले सम्म सुदूरपश्चिम प्रदेशलाई विभिन्न कारणले पछाडी पारिएको भन्दै आगामी दिनमा सुदूरपपिश्च प्रदेशमा विकासले तिब्रता पाउने दावी गर्नु भएको छ ।

शुक्रबार धनगढीमा आयोजित आम सभा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपि ओलीले पश्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वर बहु–उद्देश्य जलविद्युत आयोजना लगायका बहुप्रतिक्षित आयोजनाका काम तत्कालै अघि बढाइने आस्वासन समेत दिनु भएको छ ।

उनले शारदा नदीबाट पानी झिकाएर दोधारा चाँदनीमा सिंचाई सुविधा पु¥याउन सहमति भएको बताए । यसै गरी गौरिफण्टा नाको स्तर उन्नती गर्न आगामी १४ तारिखमा परराष्ट्रमन्त्री भारत जाँदा सहमति जनाइने बताए ।

सेती लोकामार्ग निर्माणको काम अघि बढेकोमा महाँकाली करिडोरको कामलाई तत्कालै अघि बढाइने समेत बताउनु भयो ।त्यसैगरी दार्चुलाको छाङरुङमा छिट्टै सो क्षत्रमा मोटरबाटो निर्माण गर्ने जन्तालाइ सुबिधा दिने आस्वासन समेत दिनु भएको छ ।

सुदूरपश्चिम प्रदेशका बिभिन्न शहरमा अण्डर ग्राउण्ड विद्युतिकरण गरी शहरलाई स्वच्छ सफा बनाउने कार्यक्रम छिट्टै लागु गर्ने आफ्ना कुरा जनताले बिसर्न नपाउँदै आफुले भनेका काम पुरा हुने बताउनु भएको छ ।

सुदूरपश्चिममको बैतडीमा रासायनिक मल निर्माण गर्ने कच्चा पदार्थ भेटिएका कारण सो क्षत्रमा उद्योग स्थापना गर्ने तयारी भइरहेको बताउनु भएको छ । यसैगरी कञ्चनपुरको दैजि स्थित छेलामा औद्योगिक ग्राम निर्माण कार्य समेत तिब्र रुपमा अघिबढेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले सवै क्षत्रको एकैसाथ विकास हुने भएपछि सुदूरपश्चिम प्रदेश देशभरकै सवै प्रदेश भन्दा अग्रणी बिकास गर्ने प्रदेश बन्ने ठोकुवा गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *